दफा
नेपाल कानूनको विद्युतीय प्रकाशन गर्ने

(१) आयोगले प्रचलित तथा हाल प्रचलनमा नरहेका नेपाल कानून र कानून सम्बन्धी अन्य महत्वपूर्ण ऐतिहासिक लिखतहरुलाई वेवसाइटमा
प्रकाशन गर्न सक्नेछ ।
(२) यसरी प्रकाशन गर्नु अघि उपरोक्त सामग्रीको स्रोत, आधिकारिकता र प्रकाशन गर्नु पर्ने अवस्था र कारण समेत परीक्षण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै खास सामग्रीहरु प्रकाशन योग्य भए नभएको वा ती सामाग्रीहरुको स्रोत, आधिकारिकता र प्रकाशन गर्नु पर्ने अवस्थाको निर्धारण गर्न आयोगले समयद्द समयमा आयोगको कुनै पदाधिकारी वा आयोगको अधिकृत कर्मचारीको संयोजकत्वमा कार्यदल
गठन गर्न सक्नेछ । (४) उपदफा (२) बमोजिम सामग्रीको परीक्षण गरे पश्चात कार्यदलले गरेको सिफारिशको आधारमा आयोगले प्रकाशन सम्बन्धी निर्णय गर्नेछ ।